दल

मन्त्री आलेलाई कोभिड पुष्टि

इकागज |
माघ ३, २०७८ सोमबार ११:४७ बजे

फाइल फाेटाे

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोभिड संक्रमण पुष्टि भएको छ । मन्त्री आले विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए ।

पछिल्लाे समय व्यापारिक घराना बतासले बनाएकाे नारायणहिटी दरबारकाे क्याफे र पशुपति धर्मशालामा सञ्चालन गरेकाे हाेटलकाे अनुगमनमा व्यस्त थिए । उनका स्वकीय सचिव हेमन्त रेग्मीलाईसमेत कोभिड संक्रमण भएको बताइएको छ ।  


सोमबारका लागि तय भएका कार्यक्रममा मन्त्री आले सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ । मन्त्री आलेकाे  स्वास्थ्य अवस्था सामान्य रहेको उनकाे सचिवालयले जनाएकाे छ।

 


Author

थप समाचार
x