दल

सभापति देउवाविरुद्ध संघर्ष गर्छु : शेखर काेइराला

इकागज |
माघ ३, २०७८ सोमबार १९:४४ बजे

फाइल तस्वीर

मोरङ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्। सोमबार मोरङ सुन्दरहरैँचाको दुलारीमा आयोजित कार्यक्रममा नेता कोइरालाले विधि र विधान विपरीत हिँडेमा सभापति देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन्। 

उनले सभापति देउवा विधि र विधान विपरित अघि बढेमा संघर्ष गर्नका लागि कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन समेत दिए। नेता कोइरालाले सभापति देउवाले विधि र विधान नमाने महाधिवेशन प्रतिनिधिसमक्ष पुगेर संघर्ष चर्काउन दबाब सृजना गर्ने बताए।  उनले १३ औं महाधिवेशनमा नेता देउवाले सभापति जितेर पार्टी चलाए जस्तो अब कुनै पनि हालतमा नहुने जिकिर गरे।


नेता कोइरालाले अहिले शक्ति पृथकीकरणका तीनवटा पिलर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अस्तव्यस्त भएकाले गर्दा देश गम्भीर संकटमा रहेको बताए । उनले देशमा भयानक ढंगले दण्डहिनता मौलाएको र भ्रष्टाचारले देश गिजोलिएको बताए।

त्यस्तै उनले आगामी तीन तहकै निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धा गर्ने पनि दावी गरे। कांग्रेस एक ढिक्का भएर चुनावमा गए सहजै चुनाव जित्ने जिकिर गरे। 


Author

थप समाचार
x