दल

मधेश प्रदेशको राजधानी पुग्ने संघीय सांसद र अन्य प्रदेशका सांसदलाई सहुलियत !

इकागज |
माघ ३, २०७८ सोमबार २०:११ बजे

जनकपुरधाम – प्रदेश २ ले अन्तत: आफ्नो नाम मधेश र स्थायी राजधानी जनकपुरधाम पाएको छ ।  प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा प्रदेशको नाम र राजधानी दुई तिहाई भन्दा बढी बहुमतले पारित भएको छ ।

प्रदेश सभामा सभामुखसहित १०४ जना सांसद भए पनि मतदान प्रक्रियामा ९९ जना सांसदले मात्रै भाग लिएका थिए । प्रदेशको नामा ‘मधेश’ प्रदेशको विषयमा भएको मतदानमा खसेका ९९ मत मध्ये ८० मत पक्षमा परेको छ । त्यसैगरि, प्रदेशको स्थायी राजधानी जनकपुरधामको विषयमा भएको मतदानमा खसेको ९९ मत मध्ये ७८ मत पक्षमा परेको छ । 


प्रदेशको नाम मधेशको पक्षमा दुई तिहाई भन्दा बढी मत परेपछि प्रदेशको नामाकारणको विषयमा कांग्रेसले प्रस्ताव गरेको मिथिला मधेश, नेकपा एकिकृत समाजवादी नेकपा एस र नेकपा एमालेले गरेको जानकी प्रदेश र कांग्रेसका सांसद राजेशवर प्रसाद साहले गरेको मध्य मधेश प्रस्ताव खारेज भएको सभामुख सरोज कुमार रायले बताएका थिए । प्रदेश नामाकरणको लागि आवश्यक दुई तिहाई अर्थात ७० मत चाहिएको ठाउँमा थप १० मत खसेपछि सभामुख रायले संविधानको धारा २९५ को उपधारार २ बमोजिम प्रदेशको नाम मधेश प्रदेश घोषणा गरेका थिए । 

त्यसैगरि, जनकपुरधाम स्थायी राजधानीको पक्षमा दुई तिहाई मत परेपछि राजधानीको विषयमा थप रहेका दुई वटा प्रस्ताव विरगंज महानगरपालिका र विरगंज महानगरपालिकासहित पोखरियादेखि वाराको निजगढ सम्मको प्रस्ताव सभामुख रायले खारेजको घोषणा गरेका थिए । 

प्रदेश २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम पारित भएको छ । हाल प्रदेशमा १०४ जना सांसद रहेकोमा उपस्थित ९९ जना प्रदेश सभा सदस्य मध्ये ८० जनाले नाम मधेशको पक्षमा र ७८ जनाले राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका छन् । स्थायी राजधानी तोक्न ७० मत चाहिएकोमा थप ८ मत परेपछि सभामुख रायले संविधानको २८८ धाराको उपधारा २ बमोजिम स्थायी राजधानिको घोषणा गरेका गरेका थिए । 

प्रदेशको स्थायी राजधानीमा राजनीतिक दलहरुको संयुक्त प्रस्ताव भए पनि राजधानी भन्दा प्रदेश नामाकरणमा थप २ मत परेको छ । जबकी प्रदेशको नामाकरणमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), र माओवादी केन्द्रको संयुक्त प्रस्ताव मधेश भएपनि कांग्रेस, नेकपा एस र एमालेको प्रस्ताव भन्ने अलग अलग रहेको थियो ।

नाम र राजधानीका लागि ७० मतको आवश्यकता थियो । तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशको पक्षमा मतदान गरिएको थियो । सत्तारूढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेशमा मतदान गरिएको थियो । 

यसैबीच, प्रदेशको नाम र राजधानी तोक्ने ऐतिहासिक दिनमा पनि विभिन्न पार्टीका ५ जना सासद प्रदेश सभामा अनुपस्थित रहेका थिए ।  नेकपा एकिकृत समाजवादी पार्टीका सासद गोविन्द न्यौपाने, कांग्रेसका सांसद शोभा लामा, नेकपा एमालेकी सांसद अनिता यादव र जसपाकी सांसद डा. रिना यादव प्रदेशको नाम र राजधानी तोकिरहँदा अनुपस्थित रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । 

प्रदेशको स्थायी राजधानीमा दलहरुको प्रस्ताव संयुक्त रहेकोले त्यो मतदान प्रक्रियाबाट पनि पारित हुने सम्भवना प्रवल नै थियो । तर नामाकरणमा दलहरु सबै आफ्ना आफ्ना अडानमा रहेका कारण सोमबार पारित हुने सम्भावना कम देखिएको थियो । तर नामभन्दा राजधानीको प्रस्तावमा पहिलो मतदान हुँदा मधेश केन्द्रित दल जसपा, लोसपाका सासदहरुले त्यस दलका सांसदहरुलाई आफ्नो पक्षमा रिझाउन सफल भएका थिए । 

प्रदेशको नाम र राजधानीमा पार्टीको ह्वीप पनि नलाग्ने भएकोले पनि कांग्रेस, नेकपा एकिकृति समाजवादी, एमालेका सांसदहरु पनि अन्तिम समयमा मधेशको नाममा मतदान गरेको श्रोतको भनाइ छ । यसैबीच, प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएपछि स्थानीय व्यवसायिहरु उत्साहित भएका छन् । 

जनकपुर उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गर्दै जनकपुरलाई स्थायी राजधानीको रुपमो घोषणा गरिएपछि जुन सुकै प्रदेशका प्रदेश सांसद, प्रतिनिधी सभा सासद तथा राष्ट्रिसभाका सदस्यलाई जनकपुरको होटलको बास र गाँसमा छुट दिने घोषणा गरेको छ । 

सांसदहरुलाई होटल बसाईमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिने निर्णय भएको संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । संघको निर्णयमा होटेल एशोसिएसन नेपाल प्रदेश २, होटेल व्यवसायी तथा पर्यटन संघ धनुषाले पनि समर्थन जनाएको छ । 


Author

थप समाचार
x