दल

कांग्रेस अधिवेशन :

मतदान अधिकृत बिरामी भएपछि महोत्तरीमा वडाको मतदान नै रोकियो

इकागज |
माघ ५, २०७८ बुधबार १२:५८ बजे

फाइल फाेटाे

महोत्तरी- नेपाली कांग्रेस महोत्तरीको विवादका कारण स्थगित भएको मनरासिस्वा वडा नम्बर ८ मा पुन: विवाद सिर्जना भएको छ । सर्वसम्मतिमा आज १० बजेका लागि वडाको पाटी कार्यालयमा मतदान हुने निर्धारण भएको थियो ।

तर  केहीबेर अगाडि निर्वाचन अधिकृत दुर्गा परियारले निर्वाचन गर्न नसकिने सूचना  निकालेपछि अधिवेशन पुन: अन्याेलमा बनेकाे छ । मतदानको मिति र स्थान पटक-पटक निर्धारण भए पनि उक्त वडाको अधिवेशन निर्वाचन अधिकृतकै कारण बिथोलिँदै आएको छ । 


`अहिले पनि निर्वाचन अधिकृतले पुरानो रवैया अपनाएका छन्, यसमा कुनै गम्भीर रहस्य लुकेको छ,´ नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने ।

जिल्ला प्रहरी कार्यालयको सहजीकरणमा पार्टी कार्यालयमा हुने भनिएको मतदान १० बजेलाई बोलाइए पनि मतदान अधिकृत परियारले ९ बजे सूचना टाँसेर आफू बिरामी भएको उल्लेख गरेका थिए । उनी बिरामी भए पनि जिल्ला निर्वाचन अधिकृतले अर्को मतदान अधिकृत तोकेर मतदान गराउनै पर्ने प्रावधान छ । तर जिल्ला निर्वाचन अधिकृत इन्द्र अधिकारीसमेत सम्पर्कमा छैनन ।


Author

थप समाचार
x