दल

राप्रपाका अध्यक्ष लिङ्देनले भने- राजनीति सेवा हो, व्यापार होइन

इकागज |
माघ ५, २०७८ बुधबार १३:२१ बजे

फाइल फाेटाे

कनकाई- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र  यसलाई पेशा  व्यापार बनाउँन नहुने बताएका छन् । 

झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाए ।


उनले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सेन्डिकेट अन्त्य गर्नुपर्ने बताए ।  कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा  पुर्‍याउनुपर्छ भने ।  रासस


Author

थप समाचार
x