दल

ताेकिएकाे समयमा नै स्थानीय तहकाे निर्वाचन गर्नुपर्ने एमालेकाे आग्रह

इकागज |
माघ ५, २०७८ बुधवार १५:१२ बजे

काठमाडाैँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोखरेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गर्न आग्रह गरेका छन् ।

काठमाडौंमा आयाेजित एक औपचारिक कार्यक्रममा पोखरेलले संविधान र कानूनप्रति नै आशंका जन्माउने काम नगर्न सरकारलाई सचेत पनि गराए । उनले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए ।


पोखरेलले आफ्नो पार्टी चुनावको पक्षमा रहेकोले तत्काल निर्वाचन गराउने गरी वातावरण बनाउनको लागि सरकारलाई दबाब दिने पनि जानकारी दिए । कांग्रेसलगायत पाँच दलीय गठबन्धनमा आबद्ध दलका नेताहरुले अझै पनि एमाले गाउँगाउँमा बलियो रहेको भनेर भनिरहेको उल्लेख गर्दै हार्ने डरले चुनाव नै नगर्ने कुरा गर्न नहुने उनले बताए । 

कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको भन्दै आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शंका नगर्न आग्रह गरे। स्थानीय तहको पदाधिकारीको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले उनीहरुको कार्यावधि समाप्त भएको ६ महिनाभित्र निर्वाचन गराउनैपर्ने पनि बताए । 


Author

थप समाचार
x