दल

आगामी दुई वर्षभित्र कम्युनिष्ट सम्मेलन हुने

इकागज |
माघ ५, २०७८ बुधवार २१:६ बजे

काठमाडौं – वैज्ञानिक समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यले कम्युनिष्ट सम्मेलन आयोजना हुने भएको छ । नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई नयाँ राजनीतिक परिवेशमा कम्युनिष्ट आन्दोलनमा समाहित गर्न सम्पूर्ण कम्युनिष्ट पार्टी, शक्ति र व्यक्ति व्यक्तित्वको संयुक्त आयोजनामा कम्युनिष्ट सम्मेलनको आयोजना हुने जनाएको हो । 

कम्युनिष्ट सम्मेलन आयोजनाका लागि आयोजक समिति गठन गरिनेछ । उक्त आयोजक समितिको संयोजक र सङ्ख्या निकट भविष्यमै सम्पूर्ण कम्युनिष्ट पार्टी बीचमा आपसी समझदारी गरेर घोषणा गरिनेछ । यसका साथै सम्मेलन सफलताका लागि विभिन्न विभाग गठन गरिने अध्यक्ष कर्णजीत बुढाथोकीले जानकारी दिए ।


सम्मेलनमा राजनीतिक कार्यदिशा, समाजवादको चरण, रणनीति र कार्यनीति, सङ्घर्षका स्वरूप, सङ्गठनात्मक सिद्धान्त, पार्टी र सरकारको सम्बन्ध, शहीद, घाइते, अपाङ्ग एवं बेपत्ता योद्धा, पार्टी एकता ध्रुवीकरण, विज्ञान प्रविधि, जनश्रम, शिक्षा स्वास्थ्य, रोजगार, पर्यावरण, नेतृत्व र उत्तराधिकारी विकास, नेता कार्यकर्ताको जीवनशैली, पार्टी र सरकारमा जनताको नियन्त्रण र निगरानी, इतिहास, जनदिशा, समाजवादी संविधान, देशभक्त वामपन्थी र प्रगतिशील संयुक्त मोर्चा र सरकारलगायतका विषयमा छलफल गरिनेछ । 

प्राप्त मस्यौदालाई संश्लेषित गर्दै नेपाल कम्युनिष्ट आन्दोलनको साझा घोषणापत्र विशाल आमसभाका साथ सार्वजनिक गरिनेछ । सम्मेलनको नारा ‘वैज्ञानिक समाजवाद स्थापनाका लागि ऐतिहासिक कम्युनिष्ट सम्मेलनको आवश्यकता’ र ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणका लागि व्यापक जनसहभागिता’ तय गरिएको छ । 

आगामी दुई वर्षभित्र गरिने सम्मेलनमा अन्तक्र्रिया, बैठक, प्रशिक्षण, भेला, गोष्ठी, राजनीतिक सम्मेलन, सुझाव सङ्कलन, डिजिटल सिग्नेचर क्याम्पियन, भ्रमण, भेटघाट कार्यक्रम, सांस्कृतिक कार्यक्रम, चियापान कार्यक्रम जस्ता विधि अपनाइनेछ । 


Author

थप समाचार
x