प्रदेश २ को नामाकरणको चार दिनपछि महन्थ ठाकुरको धन्यवाद
काठमाडौं – प्रदेश २ को नामाकरण र राजधानी तोकिएको चार दिनपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रदेश सभा सदस्यहरूलाई धन्यवाद दिएका छ ।
प्रदेशसभाको ३ माघ मंगलबार बसेको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने सर्वसम्मत निर्णय गरेको थियो । यसको चार दिनपछि बिहीबार अध्यक्ष ठाकुरले प्रदेश सभा सदस्यलाई बधाइ र धन्यवाद दिएका हुन् ।
‘प्रदेश २ को प्रदेश सभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको संदर्भमा एक थप ठोस कदम रहेको छ । वर्षाैंदेखि मधेशी जनताले गर्दै आएको पहिचान, समान अस्तित्व एवं अधिकार प्राप्तिको लागि गरिएको मधेश आन्दोलन तथा वीर शहिदहरुको सहादतको परिणाम स्वरुप मधेश प्रदेशको निर्माण भएको छ,’ बिहीबार उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया