दल

देउवा, दाहाल र नेपालबीचको भेटवार्ता, भाेलि राजनीतिक संयन्त्रकाे बैठक

इकागज |
माघ ६, २०७८ बिहीबार १८:४७ बजे

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच भेटवार्ता भएकाे हाे । बालुवाटार स्राेतका अनुसार भेटमा दाहाल ले हालै वैशाखमा प्रतिनिधि सभाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेकाे विषयमा छलफल भएकाे छ ।


भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए । तीन नेताको छलफलले भाेलि (शुक्रबार) ४ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरु सम्मेलित राजनीति संयन्त्रको बैठक बोलाउने निर्णय गरेको छ ।

आज बिहीबार अपरान्ह ४ बजेका लागि राजनीति संयन्त्रको बैठक बोलाइए बसेन । बैठक स्थगित भएपछि देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।
 


Author

थप समाचार
x