माओवादी केन्द्रीय समिति बैठक स्थगित
फाइल फाेटाे
काठमाडाैँ - नेकपा माओवादी केन्द्रको यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कोभिड महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको बैठक भने स्वास्थ्य मापदण्डको पालना गरी यही माघ ८ गते शनिबार बिहान ८ः३० बजेका लागि तय गरिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया