प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकको हामीलाई जानकारी छैन : एमाले
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेले कुनै जानकारी नआएको बताएको छ । प्रधानमन्त्री देउवाले आज बिहान ९ बजे बालुवाटारमा बोलाएको बैठकमा कुनै जानकारी नआएको जनाएको हो ।
'प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी आएको छैन' एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने । उनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको सहमति नहुने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया