केन्द्रीय आयोगका अध्यक्षहरूसँग छलफलमा दाहाल
काठमाडौँ- नेकपा माओवादी केन्द्रले केन्द्रीय आयोगका अध्यक्षहरु र निवर्तमान स्थायी समिति सदस्यहरूसँग छलफल गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभा, तीनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजनाबारेमा छलफल गरेका हुन् । अहिले माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै कोभिड-१९ को बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरूको सुझावलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्मका लागि माओवादीले कार्यक्रम स्थगित गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया