एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण, राधिका शाक्य पनि संक्रमित
फाइल तस्बिर
काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो ।
ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ । दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया