सीता दाहाललाई कोभिड संक्रमण, मेडिसिटी अस्पतालमा उपचार हुँदै
फाइल तस्बिर
काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा सीतालाई कोभिड संक्रमण पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ ।
अस्पतालमा भर्ना गरिए पनि अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । 'उहाँलाई कोरोना संक्रमण पुष्टि भएको छ,' सचिवालयका एक सदस्यले इकागजसँग भने, 'उहाँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य नै छ ।' केही साताअघि अध्यक्षदाहाललाई पनि कोभिड पुष्टि भएको थियो । सीता दाहाल लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित छिन् । उनको अमेरिका, भारतलगायत विभिन्न देशका अस्पतालमा उपचार हुन नसकेपछि घरमै स्वास्थ्यलाभ गरिरहेकी छन् । आजै एमाले अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यलाई पनि कोभिड संक्रमण पुष्टि भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया