दल

एमालेले भन्‍यो— राज्यका तीन वटै अंग संकट उन्मुख (पूर्ण पाठसहित)

'अर्थतन्‍त्रका सबै सूचकले गम्‍भीर अनिष्‍टको संकेत गरिरहेका छन्'

इकागज |
माघ ९, २०७८ आइतबार १३:१ बजे

फाइल तस्‍बिर

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकार असफल दिशामा उन्मुख भएको आरोप लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको दुई दिनपछि आइतबार विज्ञप्तिमार्फत १५ बुँदे असहमति प्रस्तुत गर्दै अध्यक्ष केपी शर्मा ओलीले सरकार असफल दिशामा उन्मुख भएको आरोप लगाएका हुन् । उनले राज्यका तीन वटै अंग संकट उन्मुख रहेकोसमेत उल्लेख गरेका छन् । 

उनले वर्तमान सरकार देशलाई अस्थिरतातर्फ लैजान उद्यत रहेको बताउँदै स्थानीय तहको निर्वाचन धकेल्न सरकारले अनेक प्रयास गरिरहेको उल्लेख गरेका छन् ।  संविधानले स्थानीय तहको म्याद सकिनुभन्दा दुई महिनाअगावै निर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था गरे पनि सरकार संविधानको धारा २५५ को भ्रमपूर्ण व्याख्या गरेर उम्कन खोजेको ओलीको आरोप छ।


१५ बुँदा लामो वक्तव्यमा अध्यक्ष ओलीले सरकार कोरोना महामारी नियन्त्रण, सुशासन कायम गर्न र कानुनी राज्य स्थापना गर्न असफल भएको बताए । राज्यका तीनवटै निकाय संकट अवस्थामा रहेको उनको भनाइ छ । देशको आर्थिक अवस्था संकट अवस्थामा रहेको भन्दै आर्थिक परिसूचक सबै ओरालो लागेको दाबी पनि गरेका छन् । उनले अघिल्लो सरकारले ल्याएका लोकप्रिय कार्यक्रमलाई वर्तमान सरकारले विस्थापन गरी नयाँ कार्यक्रम घोषणा गरे पनि सबै असफल बनेको उल्लेख गरेका छन् ।


Author

थप समाचार
x