दल

संविधानको व्यवस्थाअनुसार निर्वाचन हुन्छ : नेपाल

इकागज |
माघ ११, २०७८ मंगलबार १६:२५ बजे

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमा भएको व्यवस्थाअनुसार नै निर्वाचन हुने बताएका छन्। मंगलबार रामेछापमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सबै निर्वाचनमा गठबन्धन हुनेसमेत बताए ।

‘तीनवटै तहका निर्वाचनमा हाम्रो गठबन्धन हुन्छ,’ उनले भने । असोजसम्म स्थानीय तहको निर्वाचन भएकाले त्यो नै अन्तिम मिति हुनेसमेत उनले बताए । ‘अहिले यो बहसको विषय छ,’ उनले भने ।
 



Author

थप समाचार
x