दल

राष्ट्रियसभाको निर्वाचन : बैतडीले हार्ने बेला टिकट पाउँछ

इकागज |
माघ ११, २०७८ मगलवार १७:४९ बजे

बैतडी – बुधबार राष्ट्रियसभाको उपनिर्वाचन हुन गइरहेको छ । देशभर १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदाता भोट हाल्ने ठाउँमा पुगिसकेका छन् ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत तीन जनाको लागि भइरहेको निर्वाचनमा नेकपा (एमाले)ले बैतडीका नरेशकुमार विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।  उनलाई उम्मेदवार बनाए पनि जित्ने सम्भावना कम देखिन्छ । यसअघिसमेत हार्ने निश्चित भएका बेला बैतडीका दुई व्यक्तिलाई उम्मेदवार बनाइएको थियो । 


गत चुनावमा नेपाली कांग्रेसले बैतडीका शेरीराम पार्की र प्रतापसिंह ठगुन्नालाई हार्ने निश्चित भएका बेला उम्मेदवार बनाएको थियो । फलस्वरुप उनीहरू दुवै जना हारे । तर, अहिले कांग्रेस माओवादी र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन भएकाले जित्ने सम्भावना भएका बेला भने ती व्यक्तिले टिकट पाएनन् । 

चुनाव जित्ने बेलामा अन्य जिल्लाका व्यक्तिहरूलाई प्रतिस्पर्धामा उतार्ने र हार्ने बेला बैतडीका व्यक्तिलाई उम्मेदवार बनाउने सबै दलको परिपाटी नै देखिएको छ । 

अहिले सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २सय २७ जनाले मतदान गर्नेछन् । प्रदेश सांसदको मतभार ४८ रहनेछ भने पालिका प्रमुख उपप्रमुखको मतभार १८ रहनेछ ।

सुदूरपश्चिममा गठबन्धनका तर्फबाट खुल्लातर्फ नेपाली कांग्रेसका नारायण मिश्र(कैलाली), महिलातर्फ नेकपा(एस)का गरिमा शाह (बाजुरा) र दलिततर्फ माओवादीका जगत पार्की (डडेल्धुरा) लाई उम्मेदवार बनाएको छ ।  

यसैगरी नेकपा (एमाले)बाट खुल्ला पुरुषतर्फ दिल्लीराज भट्ट (कैलाली), महिलातर्फ सन्तोषी शर्मा(कैलाली) र दलित तर्फ नरेश कुमार विश्वकर्मा (बैतडी)लाई उम्मेदवार बताएको छ । 

बैतडीबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार विश्वकर्मा २०४६साल यता राजनीतिमा सक्रिय छन् । उनी अहिले नेकपा(एमाले)को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन् । विश्वकर्मा स्थानीयतहको चुनावमा बैतडीको पाटन नगरपालिकामा मेयरका उम्मेदवार बनेका थिए । 

विश्वकर्मासँगको प्रतिस्पर्धामा रहेका पार्की माओवादी नेता हुन् । तर, पार्की भने बन सम्बन्धी मुद्दा अन्तरगत अदालतबाट सजाय समेत पाएका व्यक्ति हुन् । अभियोग लागेका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै विरोधसमेत भएको छ ।


Author

थप समाचार
x