किसान आन्दोलनमा उत्रिएको जनमत पार्टीले सात वटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने
फाइल फोटो
काठमाडौँ - जनमत पार्टीले आज बुधबार सातवटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।
किसान आन्दोलनमा उत्रिएको पार्टीले सातै प्रदेशका प्रदेश प्रमुखलाई आज ज्ञापन पत्र बुझाउन लागेको हो ।
पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा छ ।
`पहिले खाद (मल) देऊ, अनि मात्रै भोट खसाऊ` भन्दै जनमतले ज्ञापन पत्र बुझाउन लागेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया