पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको राँके जुलुस
काठमाडौँ : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थीले बिहीबार काठमाडौंमा राँके जुलुस निकालेका छन् । नेकपा निकट अखिल क्रान्तिकारीले बिहीबार बागबजारमा राके जुलुस निकालेको हो ।
सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर, मूल्यबृद्धि नियन्त्रण गर लगाएका नारा लगाएका थिए । उनीहरुले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल आयल निगमले गत बुधबार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बृद्धि गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया