दल

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

इकागज |
माघ १५, २०७८ शनिबार १०:२५ बजे

फाइल फोटो

काठमाडौँ - पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

केहीबेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी छन् ।


तर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि भने सहभागी छैनन् । 

निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।

पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक बसेको हो ।

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव पटक गर्ने गरी छलफल गर्दै आएका छन् ।


Author

थप समाचार
x