दल

स्थानीय तहकाे निर्वाचनकाे सम्बन्धमा सत्ता गठबन्धनकाे निर्णय स्वागतयाेग्य : हृदयेश त्रिपाठी

इकागज |
माघ १६, २०७८ आइतबार १५:१ बजे

काठमाडाैँ – जनता प्रगितशील पार्टीले सत्ता गठबन्धनद्वारा स्थानीय तहकाे निर्वाचन आगामी जेठ मसान्तमा सम्पन्न गराउने प्रतिबद्धता स्वागतयाेग्य रहेकाे बताएकाे छ ।

आज उक्त पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहकाे निर्वाचनकाे सम्बन्धमा सत्ता गठबन्धनले गरेकाे निर्णय स्वागतयाेग्य रहेकाे बताएका छन् ।


जारी विज्ञप्तिमा भनिएकाे छ, 'संवैधानिक र कानूनी अस्पष्टता अनगिनत संख्यामा रहेकाे तथ्यप्रति पुन: ध्यानाकर्षण गराउन चाहन्छु। किस्ता बन्दीमा तत्कालिन रुपले समस्या हल गर्ने प्रवृत्तिले समस्याकाे समाधान दिँदैन। अपितु पन्छ्याउने कार्य मात्र गर्दछ । यस प्रकारकाे शुतुरमुर्गे प्रवृत्ति कुनै समयमा घातक सावित हुन सक्नेप्रति सचेत गराउन चाहन्छु।'

स्थानीय तहकाे नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयाेग सिफारिस तत्कालीन २ नम्बर प्रदेश अर्थात मधेश प्रदेशमा मात्रै कार्यान्वयन भएकाे जारी विज्ञप्तिमा उल्लेख छ । 


Author

थप समाचार
x