दाहालप्रति भट्टराईको ब्यङ्ग्य - भित्र खाओवाद बाहिर माओवाद !
फाइल तस्बिर
काठमाडौँ - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी जुन ढंगले गिजोलिँदै गएको छ त्यसको परिणाम गम्भीर हुने बताएका छन् । सामाजिक सन्जालमार्फत डा. भट्टराईले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई इङ्गित गर्दै पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त नभएसम्म देश नबन्ने ठोकुवा गरेका छन् ।
'भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात !' उनले लेखेका छन्, 'भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दैबन्दैन। एमसीसी जुन ढंगले गिजोलिँदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!'
भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन।MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!
— Baburam Bhattarai (@brb1954) February 6, 2022
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया