स्थानीय तहको निर्वाचन गर्ने सरकारकाे निर्णय सकारात्मक- एमाले उपाध्यक्ष पाैडेल
फाइल फाेटाे
काठमाडौँ । नेकपा एमालेले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई सकारात्मक रुपमा लिएको छ । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए । २०७९ वैशाख ३० गते गर्ने स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने सरकारले आज निर्णय गरेको छ ।
उपाध्यक्ष पौडेलले इकागजसँग कुरा गर्दै सहज ढंगले निर्वाचनको मिति तोकिनुपर्नेमा धेरै मेहनत गर्नुपरेको बताए । उनले भने, 'निर्वाचनको मिति सहज ढंगले निर्णय हुनुपर्ने विषय थियो, निर्णयमा धेरै मेहनत गर्नुपर्यो ठिकै भएको छ, राम्रै भएको छ ।'
उनले स्वतन्त्र, निश्पक्ष, भयरहित र धाँधलीरहित रुपमा सम्पन्न हुने निर्वाचनको मात्रै अर्थ रहने भएकाले राज्यका संवैधानिक निकायहरु त्यता लाग्नुपर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया