दल

प्रचण्ड-माधवको मेख मार्दै वामपन्थी नेताहरूसँग एकता गर्ने ओलीको रणनीति

इकागज |
माघ २५, २०७८ मंगलबार ११:३६ बजे

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि कम्युनिष्ट पार्टीको एकताको तरिकाले काम नगरेपछि टाउकाहरूलाई छाडेर दोस्रो तहका नेताहरूलाई सम्मानजनक ढंगले एमालेमा प्रवेश गराउने रणनीति अघि बढाएका छन् । 

ओलीले यसखालको रणनीति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजनदेखि नै अपनाउँदै आएका छन् । खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमालेकै पूर्वमहासचिव माधवकुमार नेपालले पार्टीमा भाँडभैलो गरेकाले टाउकोबाट गरिएको एकताले एकीकृत पार्टीलाई संकटमा पुर्‍याएको ओलीको बुझाइ छ ।


आसन्न निर्वाचनलाई लक्षित गरी ओलीले दोस्रो तहका नेतासँग संवाद अघि बढाएका छन् । ‘दोस्रो तहदेखिका नेता एमालेमा तानेर दाहाल र नेपालको अस्तित्व संकट पार्ने नै हाम्रो योजना हो,’ ओलीनिकट एमालेका एक नेताले भने, ‘पहिलेको एकतामा केही संरचनात्मक गल्ती भए, अब गल्ती सच्याएर सुदृढ एकताका लागि एमालेले वामपन्थी नेताहरूतर्फ हात अघि बढाएको छ । धेरैसँग निरन्तर संवाद भइरहेको छ ।’ 

प्रचण्ड, माधव नेपाल, वामदेव गौतम लगायतलाई भने ओलीले भाउ नदिने भनेका छन् । पार्टीमा फुटपछी पनि ओली प्रचण्ड, माधव, वामदेव गौतम लगायतसँग गरम र दोस्रो तहका नेतासँग नरम देखिदैं आएका छन् ।

उनले प्रचण्डबाट उनका केही सहकर्मी नेताहरुका साथै माधवकुमार नेपालका दश भाईलाई पनि एमालमै राख्न सफल भएका थिए । एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई एमालेका आम कार्यकर्ताहरुले पार्टी फुटाउने जघन्य अपराधका अगुवालाई पार्टीमा प्रवेश नदिन खबरदारी गरिरहेको उल्लेख गरेका छन् । 

ती नेताले अब चाँडै यसको परिणाम देखिन शुरु हुने उल्लेख गरे । 
 


Author

थप समाचार
x