सभामुखविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता हुनसक्छ: महेश बस्नेत
फाइल फाेटाे
काठमाडौँ- नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने टिप्पणी गरेका छन् ।
काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाअभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना हुन सक्ने बताएका हुन् ।
बस्नेतले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि दावी गरे । बस्नेतले सभामुखले सदनमा अभिभावकीय भूमिका निर्वाह गर्नसक्नुपर्ने धारणा राखे । त्यस्तै उनले सवैको दबाबका कारण सरकारले बैंशाखमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए ।
बस्नेतले सत्ता पक्ष र सरकारले धारणा बनाएपछि मात्रै एमालेले एमसीसीका बारेमा धारणा तय गर्ने जिकिर गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया