पार्टी छाड्दै कमल थापाले भने : भारी मनका साथै पीडाबोध भएको छ
काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय लिएको बताएका छन् ।
‘अत्यन्त भारी मन तथा पीडाबोध साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु ।पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनिआफ्नो कुराको सुनुवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।
राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहनेछु । पार्टीमा रहँदा बिताएका क्षणहरु प्रति म सदैव गौरव गरिरहने छु। रापपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’ जारी विज्ञप्तिमा भनिएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया