एमाले सांसदहरू एमसीसीबारे किन बोल्न हिच्किचाउँछन् ?
फाइल फाेटाे
काठमाडौँ- प्रमुख विपक्षी दल एमालेका सांसदहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे बोल्न हिच्किचाएका छन् । बोल्दा विवादित हुने डर उनीहरूमा देखिएको छ । संसदबाट अनुमोदन गर्नुपर्ने भन्दै एमसीसीसम्बन्धी बहस भने चर्किएको छ ।
यहीबेला सोही पार्टीका सांसदहरू तीर्था गौतम (रुकुम), वसन्तकुमार नेम्बाङ (पाँचथर) र भूमिप्रसाद त्रिपाठी (धादिङ)ले एमसीसीबारे बोल्नै चाहेनन् । सांसद गौतमले भनिन्, ‘अहिल्यै एमसीसीबारे बोल्न मन छैन । बोल्नै परे पनि पास भएपछि बोलौंला । अहिले बोल्दा विवादित हुन्छु होला ।’
सांसद त्रिपाठीले अहिलेको एमसीसीबारे छलफलभन्दा पनि पहिले १४ सांसदलाई कारबाही गरेर सभामुख अग्निप्रसाद सापकोटाले संसद् खुलाउने वातावरण बनाउनु पर्ने बताए ।
‘अहिले एमसीसीबारे बहस गर्ने बेला होइन । हाम्रो एजेण्डा थाहै छ तपाईंहरूलाई कि हामी संसद् खुलाउन सभामुखले हामी (एमाले) ले कारबाही गरेका सांसदहरूलाई पदमुक्त गराउन माग गर्दै आएका छौँ । होइन भने राजीनामा दिनुपर्ने भन्दै आएका छौँ । त्यही भएर एमसीसीले हित गर्छ गर्दैन भन्ने बहस नगरौँ,’ सांसद त्रिपाठीले भने ।
सरकारबाट बाहिरिएपछि एमालेले एमसीसी अनुमोदन गर्ने पक्ष की विपक्षमा भन्ने स्पष्ट पारेको छैन । सरकारमा रहँदा भने एमालेको जोड अनुमोदन गराउनु पर्नेमा थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया