कांग्रेसले बोलायो संसदीय दलको बैठक
फाइल तस्बिर
काठमाडौँ - नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक मंगलबार बिहान ९ बजे संघीय संसद् भवन नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । कांग्रेससहित नेकपा माओवादी र नेकपा एसले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका थिए । यसैसन्दर्भमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधि सभा बैठक बुधबर बस्दैछ । बुधबारको संसद् बैठकमा एमसीसी टेबल हुने चर्चासमेत छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया