दल

चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव नल्याउने : तामाङ

इकागज |
फागुन २, २०७८ सोमबार १३:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका छन् । 

नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता तामाङले महाअभियोगको प्रस्तावकोबारेमा एमालेले द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका हुन् । 


कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध  संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको छन् । यसपछि उत्पन्न राजनीतिक अवस्थाकोबारेमा छलफल गर्न अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ । 

तर, यसबारे एमाले द्वन्द्व बढाउने पक्षमा नरहेको नेता तामाङले बताएका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्ताव फिर्ता हुने सक्ने नेता तामाङको विश्वास छ । 

साथै दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्न आदेश दिएका सर्वाेच्च अदालतका चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव नल्याउने उनले बताए । 

‘सांसदहरूको हस्ताक्षर संकलन गरेको भए पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने होइन,’ नेता तामाङले भने, महाअभियोगको प्रस्ताव ल्याउँदैनौँ । '


Author

थप समाचार
x