दल

देउवा, दाहाल र नेपालबीच बालुवाटारमा छलफल

इकागज |
फागुन ३, २०७८ मंगलबार ११:३९ बजे

काठमाडौँ - सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार बिहान छलफल भएको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच प्रधानन्यायाधीश चोलेन्द्र सशशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए । 


बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्ने नगर्ने बिषयमा पनि छलफल भएको छ । देउवाले आफ्नो पार्टीको बैठकमा सहभागी हुनुअघि दाहाल र नेपाललाई छलफलको लागि बालुवाटार बोलाएका हुन् ।
 


Author

थप समाचार
x