दल

एमसीसी पास गर्न ढिलाइ गर्न हुँदैनः सुजाता कोइराला

इकागज |
फागुन ३, २०७८ मंगलबार १५:३९ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाइ गर्न नहुने बताएकी छिन् । उनले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताएकी हुन् । 

उनले अनुदान लिन्न भन्नु हास्यास्पद भएकोले अन्तराष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्ने बताए । उनले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने षड्यन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताए । 


नेतृ कोईरालाले भनिन्, ‘एमसीसी हामीले टेबुल गरेर पारित पनि गर्नुपर्छ । यो एउटा सहयोग हो । अनुदानलाई लिन्न भन्दा राम्रो देखिँदैन । अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिग्रेर जान्छ । हाम्रो यति लामो समयदेखिको सम्बन्ध छ विभिन्न देशहरुसँग त्यो बिग्रिन्छ । त्यसले नेपाललाई धेरै नै क्षति पुर्‍याउँछ । त्यसैले अब यसलाई धेरै ढिलो गर्नुहुँदैन । यसमै बहस गरेर बस्नु पनि हुँदैन । हामीले एउटा निर्णय लिइसकेका छौँ । एमसीसी एउटा अनुदान हो र यसले नेपालका लागि दीर्घकालीन सहयोग पुर्‍याउँछ ।' 

नेतृ कोईरालाले एमालेसहितका सबै दलहरुले सरकारमा रहँदा एमसीसी पास गर्नुपर्ने कुरा अघि सारेकोले अहिले विरोध गरेर दोहोरो चरित्र देखाउन नहुने बताइन् । उनले नेपाललाई एमसीसीले कब्जा गर्न नसक्ने पनि बताइन् ।   


Author

थप समाचार
x