माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
काठमाडौं - सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
माओवादी केन्द्रले सिंहदबारस्थिल दलको कार्यालयमा बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका सांसद अमनलाल मोदीले न्युज कारखखानालाई जानकारी दिए ।
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।
बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया