'नेपाल र सभामुखलाई बचाउन प्रधानन्यायाधीशमाथि महाअभियोगकाे नाटक'
जनकपुरधाम – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सभामुख अग्निप्रसाद सापकोटालाई बचाउन प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको बताएका छन् ।
कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जनकपुरधाम आएका पोखरेलले मंगलवार आयाेजित पत्रकार सम्मेलनमा विभिन्न तीन/चार वटा अभियाेगबाट उम्किन प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरामाथि महाअभियाेग लगाइएकाे बताए ।
उनले भने, 'सभामुख सापकोटामाथि चलिरहेकाे ज्यान मार्ने उद्योग मुद्दाबाट बचाउन नेपाली कांग्रेसलाई डाइभर्ट गर्ने, गठबन्धन कायम राख्न, एमालेले माधव नेपालमाथि गरेकाे कारवाहीबाट बचाउन र स्थानीय तहकाे निर्वाचन विथाेल्नका लागि महाअभियाेगकाे नाटक गरिएकाे हाे ।'
महाअभियोगले राष्ट्रिय राजनीति थप अस्थिर अनिश्चित बन्ने दाबी गर्दै उनले षडयन्त्रपूर्वक महाअभियोग ल्याएपनि आफूहरु निर्वाचन कुनै पनि बहानामा सार्न नदिने बताए ।
पोखरेलले एमसीसी सम्झौता आफूहरुको पालामा नभएको र अहिले सत्तागठबन्धन दलसँग १ सय ६५ सांसद रहेकाले एमसीसी पास गर्न सक्ने बताए । उनले एमसीसी टेबुल हुने सन्दर्भमा विभिन्न किसिमको नाटक हुनेसमेत बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया