कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु
काठमाडौं - संघीय संसद्अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डा तय गर्न कार्यव्यवस्था समितिको बैठक बसेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको बैठकमा प्रतिनिधिसभाको बैठकको एजेन्डा तय गर्नेसँगै संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि छलफल हुनेछ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने भएपछि दलहरू विभाजित भएका छन् । एमसीसी प्रस्ताव पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन तोड्ने निर्णय गरिसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया