सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै
काठमाडौँ – सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान १० बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । एमसीसीबारे गठबन्धन दलबीच सहमति जुटाउन बैठक बस्न लागेको हो ।
आजै प्रतिनिधि सभा बैठक पनि बस्दैछ । प्रतिनिधि सभामा टेबल गर्ने/नगर्ने विषयमा टुंगो लगाउन बैठक बस्न लागेको हो । यसअघि पटकपटक बैठक बसे पनि एमसीसीबारे साझा धारणा बन्न सकेको छैन। यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया