१०१ दिनपछि बोलाइयो प्रदेश १ को प्रदेश सभा बैठक
विराटनगर - बैठक स्थगित भएको एक सय एक दिनपछि प्रदेश १ को प्रदेशसभाको बैठक फागुन १५ गतेका लागि बोलाइएको छ । मुख्यमन्त्री राजेन्द्र कुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
त्यसपछि सरकारले बिज्नेसविहिन बनाएका कारण प्रदेश १ को प्रदेशसभाको बैठक प्रदेशसभाको चार वर्षे इतिहासमा अहिलेसम्मकै लामो अवधिसम्म स्थगित भएको थियो ।
सरकारले गत माघ २० मै प्रदेशसभा बैठक आह्वान गर्नका लागि तयारी गरेपनि फागुन १५ मा बल्ल बैठक बोलाइएको हो । प्रदेशसभालाई सरकारले अनिर्णयको बन्दी बनाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत प्रदेशसभाको बैठक बोलाउन माग गरेको थियो ।
फागुन १५ गते आइतबार दिनको १ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया