दल

स्थानीय तह निर्वाचनमा जुट्यो कांग्रेस

इकागज |
फागुन १०, २०७८ मंगलबार १४:४६ बजे

काठमाडौं - नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमिति आगामी स्थानीय तहको निर्वाचनको  घोषणापत्र तयारीमा जुटेको छ । 

कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिका सचिवद्धय गणेशबहादुर थापा र टुवराज बास्तोला ‘विशाल’ले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी ३० वैैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र बनाउने तयारी गरेको जानकारी दिए । 


कार्यसमितिले घोषणापत्र निर्माणमा राजनीतिक कार्यकर्ता, युवा, विद्यार्थी, पत्रकार तथा नगरप्रेमी बुद्धिजिवीहरुको सक्रिय सहभागिताको अपेक्षा गरेको छ । महानगरका लागि आवश्यक योजनाबारे सुझाव दिन महानगरले आग्रह गरेको छ । 

कांग्रेसको सम्वन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेद्वारको अन्तिम टुंगो नलगाएसम्म पार्टीको नाम जोडेर सामाजिक सञ्जाल तथा समाचारमार्फत उम्मेदवारीको घोषणा नगर्न नगराउन पनि पोखरा महानगरपालिकाले अनुरोध गरेको छ । 


Author

थप समाचार
x