दल

कांग्रेस सप्तरीको अध्यक्षमा संस्थापन पक्षद्वारा उम्मेदवारी घोषणा

इकागज |
फागुन १०, २०७८ मंगलबार १८:४९ बजे

सप्तरी – नेपाली कांग्रेस सप्तरीको फागुन १५ गते हुन लागेको जिल्ला अधिवेशनका लागि जिल्ला सभापतिमा संस्थापन पक्षबाट शत्रुधन यादवले उम्मेदवारी घोषणा गरेका छन् । 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा वर्तमान जिल्ला सचिव यादवले संस्थापन पक्षबाट सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सप्तरी क्षेत्र नम्बर १ का सभापति ललन गुप्ताले यादवको नाम प्रस्ताव पछि सभापति पदकी आकांक्षी निर्मला यादवले समर्थन गरिन् ।


कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं वर्तमान जिल्ला सभापति दिनेश यादवले घोषणा गरिएका उम्मेदवार शत्रुधनले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

जिल्लामा संस्थापन इतर पक्षले भने सभापतिको उम्मेदवार घोषणा गरेको छैन ।


Author

थप समाचार
x