दल

संवैधानिक निकायको नियुक्ति तथा शपथमा कांग्रेसको विमति

इकागज |
माघ २१, २०७७ बुधवार १७:५ बजे

काठमाडौं : संवैधानिक निकायमा गरेको नियुक्ति तथा शपथप्रति नेपाली कांग्रेसले विमति जनाएको छ । संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको शपथ ग्रहणले विधिको उल्लंघन गरेकाले यसमा पार्टीको विमति रहेको कांग्रेस प्रवक्‍ता विश्‍वप्रकाश शर्माले बताए । 

सामाजिक सञ्‍जाल ट्‍वीटरमार्फत प्रवक्‍ता शर्माले भनेका छन्, 'विधि उलंघनको प्रवृत्तिप्रति हाम्रो प्रष्ट विमति छ ! संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको शपथग्रहण ।' संविधानको मर्मविपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा कांग्रेस पुगेको समेत उनले बताएका छन् । 


बुधबार अख्तियारसहित संवैधानिक निकायका पदाधिकारीलाई शीतल निवासमा सपथ ग्रहण गराइएको थियो ।


Author

थप समाचार
x