दल

एमाले मोहन्याल गाउँ कमिटी उपाध्यक्ष टीकाराम भण्‍डारीले गरे पार्टी परित्याग

इकागज |
बैशाख १२, २०७९ सोमवार ९:३३ बजे

काठमाडौँ - नेकपा एमालेका मोहन्याल गाउँ कमिटी उपाध्यक्ष टीकाराम भण्‍डारीले पार्टी परित्याग गरेका छन् । उनले सोमबार गाउँ कमिटी उपाध्यक्षबाट राजीनामा दिँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।  

भण्डारीले एमालेको साधारण सदस्य समेत नरहने घोषणा गरेका छन् । 'आजका मितिदेखि नेकपा एमाले  मोहन्याल गाउँ कमिटी उपाध्यक्ष पदबाट राजीनामा गरेको छु,' उनले फेसबुकमा लेखेका छन्, 'साथै आजको दिनबाट नेकपा एमालेको साधारण सदस्य समेत नरहेको जानकारी गर्दछु ।'


भण्डारी गाउँपालिकाको वडा नम्बर ६ का अध्यक्ष समेत हुन् । गत चुनावमा एमालेको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।


Author

थप समाचार
x