दल

गठबन्धनबीच सहमति नभएपछि कांग्रेसले दाङका ७ पालिकामा टुंग्यायो उम्मेदवार

इकागज |
बैशाख १२, २०७९ सोमबार १०:५ बजे

काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनका लागि दाङमा चार स्थानीय तहबाहेक सत्ता गठबन्धनका दलहरूबीच तालमेलमा सहमति नभएपछि कांग्रेसले सात पालिकामा प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुंगो लगाएको छ ।

नेपाली कांग्रेस दाङको आइतबार राति बसेको बैठकले सात स्थानीय तहका उम्मेदवारहरूको नाम टुंगो लगाएको हो । लमही नगरपालिकाको प्रमुखमा जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । 


त्यस्तै, गढवा गाउँपालिकाको अध्यक्षमा सर्वजीत बिसी र उपाध्यक्षमा शारदा चौधरीलाई उम्मेदवार बनाइने भएको छ भने राजपुर गाउँपालिकाको अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादव उम्मेदवार हुने भएका छन् । यादवलाई पुनः उपाध्यक्षमा उम्मेदवार बनाइएको छ ।

उता प्रदेश राजधानी तोकिएको राप्ती गाउँपालिकाको अध्यक्षमा जगदम्बा चौधरी र उपाध्यक्षमा हरि भुसाल उम्मेदवार हुने भएका छन् । यसअघि उपाध्यक्ष रहेकी चौधरीलाई यसपटक अध्यक्षको उम्मेदवारी बनाइएको छ ।

दंगीशरण गाउँपालिकाको अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमाकुमारी खड्का, बबई गाउँपालिकाको अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको छ । 

जिल्लामा सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले शान्तिनगरको प्रमुखमा प्रमोद बस्नेत र बंगलाचुली गाउँपालिकाको उप्रमुखमा भक्तबहादुर जिसीलाई उम्मेदवार बनाउने भएको छ ।

सत्ता गठबन्धनको सहमति अनुसार शान्तिनगर गाउँपालिकाको प्रमुख कांग्रेस र उपप्रमुख माओवादीलाई दिने भनिएको थियो । तर अहिले तालमेल नहुने अवस्था देखिएपछि कांग्रेसले आफ्ना उम्मेदवार टुंगो लगाएको हो । 


Author

थप समाचार
x