दल

एकीकृत समाजवादीका यी हुन् महानगर र उपमहानगरका उम्मेद्‍वार

इकागज |
बैशाख १२, २०७९ सोमबार ११:६ बजे

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले  महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्‍वार टुंग्याएको छ ।

पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्‍ने भएका छन् । पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । 


समाजवादीले हेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार बनाउने भएको छ । महासचिव बेदुराम भुसालका अनुसार काठमाडौं महानगर र तीन वटा उपमहानगरपलिकामा पनि उपमेयर उम्मेदवारको टुंगो लागेको छ ।

एकीकृत समाजवादीले काठमाडौं महानगर रामेश्वर श्रेष्ठलाई उपमेयरको टिकट दिएको छ ।

इटहरी उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमेयरमा चिनबहादुर गुरुङ र तुल्सीपुर उपमेयरमा जोगबहादुर रानामगरले उम्मेदवारीको टिकट पाएका छन् ।

आज मनोनयन दर्ताको अन्तिम दिन हो ।


Author

थप समाचार
x