दल

कांग्रेसले विराटनगर महानगरमा नागेश कोइरालालाई मेयरको उम्मेदवार बनायो

इकागज |
बैशाख १२, २०७९ सोमवार ११:२१ बजे

काठमाडौँ - नेपाली कांग्रेसले विराटनगर महानगर पालिकामा नागेश कोइरालाई उम्मेदवार बनाएको छ । सोमबार कांग्रेसले विराटनगरको मेयरमा कोइरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

उनी मोरङका पार्टी उपसभापति हुन् । उनी कांग्रेस नेता शेखर कोइरालानिकट मानिन्छन् । कांग्रेसले अहिलेसम्म काठमाडौँ र विराटनगरबाहेक अरु महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन सकेको छैन । काठमाडौँमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ । 


आज उम्मेदवारको मनोनयन गर्ने अन्तिम दिन हो । 
 


Author

थप समाचार
x