दल

सिंहदरबार नजिक ल्याइयो एमाले पार्टी कार्यालय, प्रदर्शनीको मेसोमा प्रधानमन्त्री ओलीले गरे अवलोकन

इकागज |
चैत ११, २०७७ बुधबार १६:२५ बजे

काठमाडौँः प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माइतीघर हाइटमा सार्न लागिएको पार्टी कार्यालयको भवनको अवलोकन गरेका छन् । ओलीलाई पार्टी कार्यालयको अवलोकनको मेसो मिलाउन प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले नेपालमा आविष्कार भएका प्रविधिको प्रविधिको प्रदर्शनी कार्यक्रमको मेसो मिलाएका थिए ।

आज पाइला टेक्नोलोजीज र वेल वे इन्टरप्राइजेज प्रालिले नेपालमा आविष्कार भएका रोबोटिक्स, भेन्टिलेटर लगायत सामग्रीको प्रदर्शनी आयोजना गरेका थिए प्रदर्शनीको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले युवाहरूले सह्रानीय काम गरेको भन्दै अनुसन्धान र विकासका काममा सरकारले प्रोत्साहन गर्ने बताए ।  


मदननगर बल्खुमा रहेको पुरानो पार्टी कार्यालय २०७२ वैशाखको महाभूकम्पले क्षति पुर्‍याएपछि त्यसको पुनर्निर्माण गर्नुपर्ने भएको छ । भूकम्पपछि एमालेको पार्टी कार्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा रहेको थियो । 

प्रमुख आर्थिक सल्लाहकार दुगडले पार्टी कार्यालय वैशाख देखि माइतीघर हाइटमा सर्ने बताए । ‘बल्खुको पार्टी कार्यालयको पुननिर्माण पनि शुरु हुन्छ,’ दुगडले भने, ‘वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापनाको अवसर पारेर बल्खुको पार्टी कार्यालय निर्माण शिलान्यास हुनेछ ।’

माइतीघर हाइटमा रहेको नेपाल हस्तकला महासंघको अगाडीपट्टी रहेको झण्डै पौने चार रोपनी जग्गामा रहेको सञ्जय अग्रवालको घर भाडामा लिन दुगडले कुराकानी अगाडि बढाएका हुन् । उनका अनुसार, पाँच वर्ष नेकपा एमालेको पार्टी कार्यालय त्यहाँ रहनेछ । 

सरकारको नेतृत्व गरिरहेको दललाई सिंहदरबारबाट पायक पर्ने स्थानमा पार्टी कार्यालय हुँदा तीन वर्षदेखि निष्क्रियप्रायः रहेको पार्टीका गतिविधिलाई अघि बढाउन मन्त्री तथा प्रधानमन्त्रीहरूलाई सहज हुने बुझिएको छ । दुगडले भने धुम्बाराहीमा चक्रपथ विस्तारको कामले पनि ओहोरदोहोर झञ्झटीलो हुने भएकाले बल्खुमा पार्टी कार्यालय नबन्दासम्म त्यहाँ पार्टी कार्यालय राख्न लागिएको जानकारी दिए । 

तस्वीरमा हेर्नुहास् एमालेको पार्टी कार्यालय भवन 


Author

थप समाचार
x