दल

सुदूरपश्‍चिममा ११ हजार ७६२ जनाले गरे उम्मेदवारी दर्ता

दीपक उपाध्याय |
बैशाख १३, २०७९ मंगलबार १२:२४ बजे

कैलाली – बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रदेशभरमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यगरी ११ हजार ७६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्ने समयसीमा बैशाख ११ र १२ गतेका लागि तोकेकोमा प्रदेशभरीबाट ११ हजार ७६२ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए । 


उनले प्रदेशभरिमा प्रमुखमा २०८ जना, उपप्रमुखमा १६४, अध्यक्षमा २४४, उपाध्यक्षमा १९४ जनाले उम्मेदवारी दर्ता गराएको बताए । त्यस्तै, वडा अध्यक्षमा २ हजार ७४१ जना, महिला सदस्य २ हजार ३७ जना, दलित महिला सदस्यमा १ हजार ८९८ र अन्यमा ४ हजार २७६ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख भट्टले बताए ।  

प्रदेशमा सबैभन्दा बढी कैलालीमा उम्मदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख भट्टले १३ पालिका रहेको कैलालीमा प्रमुखमा ४७ जना, उपप्रमुखमा ३६ जना अध्यक्षमा ३३ जना र उपाध्यक्षमा ३० जनाको उम्मेदवारी परेको बताए । 

त्यस्तै सबैभन्दा कम बाजुरामा उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख भट्टले जानकारी दिए । उनले ९ पालिका रहेको बाजुरामा प्रमुखमा १२, उपप्रमुखमा १०, अध्यक्षमा २० र उपाध्यक्षमा १७ जनाको उम्मेदवारी परेको बताए ।

हेर्नुस् तालिकाः


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x