दल

मनोनयन दर्ता गर्नेमा एमाले सबैभन्दा अगाडि, दोस्रोमा कांग्रेस

इकागज |
बैशाख १३, २०७९ मंगलबार २२:२५ बजे

फाइल फोटो

काठमाडौँ - आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि दलहरुले आइतबार र सोमबार मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले दलगत रुपमा आज दिएको जानकारी अनुसार देशभरमा सबैभन्दा बढी नेकपा एमालेले उम्मेदवारी दिएको छ । 

 गाउँपालिकाका अध्यक्षको उम्मेदवारी दिएका ३ हजार ३७८ मध्ये नेकपा एमालेका तर्फबाट अध्यक्षमा ४ सय ४६ जनाले मनोनयन दर्ता गरेका छन् । त्यस्तै नेपाली कांग्रेसले ३ सय ८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सय ९१ जनाले मनोनयन दर्ता गरेका छन् । यस्तै स्वतन्त्रबाट अध्यक्षमा  १ हजार २४ जना र अन्य १ हजार २३५ जनाले मनोनयन दर्ता गराएका छन् । 


यस्तै उपाध्यक्षमा उम्मेदवारी दिएका २ हजार ३९२ मध्ये एमालेको तर्फबाट ४ सय ४५, कांग्रेस ३ सय ५९, माओवादी केन्द्र ३ सय १४ र अन्य ९ सय १३ जनाले मनोनयन दर्ता गरेका छन् । 

यस्तै नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको प्रमुखमा ३ हजार ४६६ जनाले उम्मेदवारी दिएकामध्ये स्वतन्त्रबाट १ हजार ३७६, एमालेको तर्फबाट २ सय ८८, कांग्रेसबाट २ सय ६३, राप्रपाबाट २ सय ४८ र अन्यमा १ हजार २९१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

२ हजार १३५ जनाले उपप्रमुखमा उम्मेदवारी दिएकामध्ये एमालेको तर्फबाट २ सय ८३, राप्रपाका २ सय २७, कांग्रेसका २ सय १० र अन्यमा १ हजार २० जनाले मनोनयन दर्ता गरेका छन् । 

यस्तै देशभर ३४ हजार ९४२ वडाध्यक्षका उम्मेदवारीमध्ये एमालेबाट ६ हजार ४६७, कांग्रेसबाट ६ हजार ७६, स्वतन्त्रबाट ५ हजार ८३०, माओवादी केन्द्रबाट ४ हजार ३८४ र अन्यबाट १२ हजार १८५ जनाले मनोनयन दर्ता गरेका छन् ।

यस्तै महिला सदस्यमा देशभर परेको २६ हजार ६१ उम्मेदवारीमा एमालेबाट ६ हजार ३१८, कांग्रेसबाट ५ हजार ९९६, माओवादी केन्द्रबाट ४ हजार १०६, राप्रपाबाट २ हजार ८९ र अन्यबाट ७ हजार ५५२ रहेका छन् । 

यस्तै दलित महिला सदस्य २३ हजार ४६५ को उम्मेदवारीमध्ये एमालेको तर्फबाट ६ हजार ११०, कांग्रेस ५ हजार ७३१, माओवादी केन्द्र ३ हजार ८३४, राप्रपा १ हजार ६३२ र अन्यबाट ६ अजार १५९ रहेका छन् । 

यस्तै ५४ हजार ६४० वडासदस्यको उम्मेदवारीमध्ये एमालेबाट १२ हजार ६६७, कांग्रेसबाट ११ हजार ९३३, माओवादी केन्द्रबाट ८ हजार ५३४, राप्रपाबाट ४ हजार ६२८ र अन्यबाट १६ हजार ८७८ रहेका छन् । 


Author

थप समाचार
x