दल

वीरेन्द्रनगरमा नगरप्रमुखसहित २५ जनाको उम्मेदवारी फिर्ता

लक्ष्मी भण्डारी |
बैशाख १७, २०७९ शनिबार ११:९ बजे

सुर्खेत - वीरेन्द्रनगर नगरपालिकामा नगरप्रमुखसहित २५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरप्रमुख पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका राजेन्द्रदेव गिरी, स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका चिन्तामणी शर्मा पौडेलले नाम फिर्ता लिएका छन् । कांग्रेस र माओवादीकेन्द्रबीच भएको चुनावी तालमेल अनुसार गिरीले उम्मेदवारी फिर्ता लिएका हुन् भने नेकपा एमालेविरुद्धमा शर्माले बागी उम्मेदवार दिएका थिए ।


नगरप्रमुखमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका राजेन्द्रदेव गिरी, सिद्धबहादुर खड्का र फष्टबहादुर हमालले पनि उम्मेदवारी फिर्ता लिएका छन् । नगर उपप्रमुखप पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएकी रामकुमारी थापा र दिपेन्द्र ढकालले उम्मेदवारी फिर्ता लिएका छन् ।

यसैगरि वीरेन्द्रनगर १६ बाट वडा अध्यक्षमा उम्मेदवार बनेका ईश्वरी प्रसाद सापकोटा सदस्यहरु दिपेन्द्र राना गोपीलाल ढकाल, भगवानप्रसाद जैशी , शेरबहादुर सिंह, कल्पना शाही, ओमप्रसाद शर्मा, विनोदकुमार सापकोटा, गणेश कुमार गोदार, भक्तबहादुर आलेले उम्मेदवार फिर्ता गरेका छन् ।

यसैगरी वडा नम्वर नौका वडा अध्यक्षका उम्मेदवार बखतबहादुर शाही, वडा नम्वर चारका भक्तबहादुर थापा, वडा तीनका अध्यक्षका उम्मेदवार प्रकाश अधिकारीले पनि उम्मेदवार फिर्ता लिएक छन् । यस्तै वडा नम्वर दुईका वडा अध्यक्षहरु रामबहादुर गौतम र प्रेमबहादुर बयलकोटीले पनि उम्मेदवारी फिर्ता गरेका छन् ।

सदस्यहरूमा झुपलाल चपाई, नेत्रमणी शर्मा, रमेश कुमार पौडेल, सागर कुमार थानीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x