दल

बालेन शाहले भने - केशव स्थापित मेरो `ब्राण्ड एम्बेसडर`

इकागज |
बैशाख १८, २०७९ आइतबार २२:२६ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अर्का उम्मेदवार केशव स्थापित आफ्नो ब्राण्ड एम्बेसडर भएको बताएका छन् । 

सामाजिक सञ्जाल क्लब हाउसमा एक प्रश्नकर्ताको प्रश्नको उतर दिँदै शाहले स्थापितले आफूलाई ब्रान्डिङ गरेको भन्दै आफ्नो प्रचारप्रसार स्थापितले गरेको बताएका हुन् । 


उनले भने, `केही दिनअघि नरदेवीमा घरदैलो कार्यक्रम गर्दा स्थापितले गाली गर्ने मान्छे यही नै हो भन्दै स्थानीयले सोधीखोजी गरेका थिए ।`

अहिलेको निर्वाचनमा बुबा आमाले छोरी छोरीलाई यो उम्मेदवारलाई भोट हाल भन्दा पनि बुबा आमालाई छोराछोरीले यसलाई भोट हाल भन्ने समय आएको उनले बताए । 


Author

थप समाचार
x