दल

काठमाडौँ महानगरमा एमालेको चुनावी परिचालन ईश्वर पोखरेलको नेतृत्वमा

इकागज |
बैशाख १९, २०७९ १६:३६ बजे

काठमाडौँ– नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाको चुनावी प्रचार–प्रसार अभियानको नेतृत्वमा उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अघि सारेको छ । 

एमालेले पोखरेललाई ‘काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समिति’को संयोजकको जिम्मेवारी दिएको छ । 


‘चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन नेकपा (एमाले)ले अब चुनावी मैदानमा उत्रिएको छ,’ चुनावी कमान्डको नेतृत्व सम्हाल्दै पोखरेलले भने, ‘चुनावी अभियान ३२ वटै वडामा अझै व्यवस्थित ढंगले अघि बढाइनेछ ।’ 

पोखरेलले आजै ३२ वटै वडाको गतिविधि र त्यहाँ भैरहेको चुनावी प्रचारबारे जानकारी लिएको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले बताए । 
 



Author

थप समाचार
ad
x