दल

जस्तापाता बाँड्न लागेको खबरले विवादमा वडाध्यक्षका उम्मेदवार

इकागज |
बैशाख २१, २०७९ बुधबार १३:४ बजे

मकवानपुर - निर्वाचन आचारसंहिताविपरीत काम गरेको भन्दै हेटौंडाका एक वडा अध्यक्षका उम्मेदवार विवादमा तानिएका छन् ।

निर्वाचन नजिकिदै गर्दा हेटौंडा-१८ मा एमालेका वडाध्यक्ष उम्मेदवार अनिल बानियाँले निर्वाचनको आचार-संहित उल्लङ्घन गर्दै वडाको लालभित्ते भन्ने स्थानमा  करिब १५ घरधुरीलाई बाड्न लैजादै गरेको करिब २०० थान जस्तापाता नियन्त्रणमा लिइएपछि विवाद सुरू भएको हो । 


यस अघि पनि सोही वडाका वडाध्यक्ष रहेका बानियाँले चुनाव प्रभाव पर्न जस्ता बाँड्न लागेको भन्दै नेपाली कांग्रेस कार्यकर्ताले जस्ता नियन्त्रणमा लिएका थिए ।

गते २५ चैतबाट निर्वाचन आचारसंहित लागू भइसकेको अवस्थामा बानियाँले आचारसंहिताविपरीत कदम चालेको कँग्रेस कार्यकर्ताको भनाइ छ ।

यता नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष उम्मेद्वार बाँनियाले निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेस कार्यकर्ताहरूले आफूविरुद्ध गलत प्रचार गरेको बताएका छन् ।

निर्वाचन आचारसंहिता विपरित हेटौंडा १८ को लालभित्ते, सुकौरा, घट्टे खोला क्षेत्रमा जस्तापाता वितरण गर्न लागेको आरोप लागेपछि वडाध्यक्षका उम्मेद्वार बाँनियाले निर्वाचन नजिकिदै गर्दा कांग्रेसले पराजितको मानसिकताले गलत प्रचार गरेको बताए ।

हेटौंडा १८ का निवर्तमान वडा अध्यक्ष समेत रहेका बानियाँले आफू वडा अध्यक्षमा रहँदा फागुनमा उपभोक्ता समितिमार्फत हेटौंडा १८ को सुकौराको टोलको स्थानीयहरूलाई जस्तापाता लागि बजेट छुट्टाएको बताए ।

‘कांग्रेसले अतिरंजित गरेर गलत प्रचार गर्‍यो, हामीले गत असारमै जस्तापाता दिने भनेर निर्णय गर्‍यौँ, फागुनमा उपभोक्तासँग सम्झौता गरेका थियौ । जेठसम्म सम्झौता अवधि रहेको थियो । बाँनियाले भने, 'समितिको अध्यक्ष र कोषाध्यक्षले जस्तापाता आज लैजानुभएछ । जस्ता समातेर एमालेले बाढ्यो भनेर भ्रम फैलाए । यो आरोप गलत हो  । खेदजनक छ ।’

उनले आफू वडा अध्यक्ष रहँदा उक्त कार्यक्रमको लागि वडाले पाँच लाख, उपमहानगरपालिकाले ३ लाख र २ लाख उपभोक्ता समितिले उठाएको बताउँदै एमालेको नाम जोडेर निर्वाचनको मुखमा गलत प्रचार गरेको बताए । 

उनले आफूले वडाको गाउँगाउँमा विकासका लहरहरू ल्याएको दाबी गर्दै भ्रमक हल्ला फिंजाएको बताए ।
जस्तापाता जिल्ला प्रहरी नियन्त्रणमा लिएको छ । 

आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी आएपछि जस्ता नियन्त्रणमा लिएको तर यसबारे अनुसन्धान बाँकी रहेको जिल्ला प्रहरी प्रहरीले जनाएको छ । 
 


Author

थप समाचार
x